कीवर्डहरू -

२३ लाख ३७ हजार ५०२ ड्राइभिङ लाइसेन्स वितरण

२३ लाख ३७ हजार ५०२ ड्राइभिङ लाइसेन्स वितरण

सरकारले गत फागुनसम्म २३ लाख ३७ हजार ५०२ सवारीचालक अनुमतिपत्र ( स्मार्ट लाइसेन्स) वितरण गरेको छ ।

शनिबार सार्वजनिक भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार २०७८ फागुनसम्म २३ लाख ३७ सय ५०२ लाइसेन्स वितरण गरिएको छ ।

२०७८ असारसम्म २० लाख ९० हजार ८५० लाइसेन्स वितरण गरिएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप २ लाख ४६ हजार ६५२ सवारीचालक अनुमतिपत्र वितरण गरिएको छ ।