कीवर्डहरू -

एप्पलले फोल्डेबल स्मार्टफोन ल्याउदै

एप्पलले फोल्डेबल स्मार्टफोन ल्याउदै

काठमाडौँ। अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले फोल्डेबल स्मार्टफोन ल्याउने भएको छ। एप्पलले फोल्डेबल स्मार्टफोनको पेटेन्ट गराएको हो। एप्पलले सन २०११ मा पेटेन्ट दर्ता गराएपछि सन २०१६ मा यसलाई अपडेट गरेको थियो। युनाइटेड स्टेटस पेटेन्ट र ट्रेडमार्क अफिसमा १४ फेब्रुअरीमा पेटेन्ट सार्वजनिक गरिएको हो। अहिले सार्वजनिक गरिएको पेटेन्ट मा एप्पलको फोल्डेबल स्मार्टफोन को बारेमा केहि स्केचहरु देखाइएको छ।  यसले पनि फोल्डेबल  आईफोनको बिसयमा केहि जानकारी दिनेछ।

एप्पलले अगामी आईफोन नाम ' र्यापएराउणड आईफोन '  हुन सक्ने बताइएको छ।  यो मोबाइलमा आईफोन एक्समा भय जस्तै एज टु एज डिस्प्ले हुन सक्ने बताईएको छ।  यो मोबाइलमा होम बटम र हेडफोन ज्याक हुनेछैन। यो फोल्डेबल मोबाइलमा रेयर कटन्सको सट्टामा भर्चुअल बटन्स हुनसक्ने छ।

यो मोबाइललाई अगाडी र पछाडी दुबैतर्फ बाट पट्याउन सकिने अहिले दर्ता गराइएको पेटेन्टमा देखीएको छ। आईफोनमा यो प्रयोग सफल भयो भने एप्पलले म्याकबुक र आईप्याडमा यसको प्रयोग गर्न सकिने बताइएको छ। एप्पलको यो मोबाइल अर्को वर्ष सार्वजनिक हुन सक्ने बताईएको छ ।