कीवर्डहरू -

आईफोन एक्सआर भन्दा पनि सस्तो स्मार्टफोन आउदै

आईफोन एक्सआर भन्दा पनि सस्तो स्मार्टफोन आउदै

काठमाडौँ। यो प्रविधिको युगमा स्मार्टफोन बनाउने होडबाजी चलीरहेको छ। यी मोबाइल फोनहरु कुनै सस्ता त कुनै महंगा हुने गर्छन। प्राय मोबाइलमा भएको विभिन्न सुविधा अनुसार मूल्य निर्धारण हुने गर्छ। यसै बिचमा गूगलले आईफोन एक्सआर भन्दा पनि सस्तो स्मार्टफोन ल्याउने भएको छ।

गूगल पिक्सेलको स्मार्टफोनभन्दा आगाडी  गूगलले एचटीसी र एलजीसंग मिलेर काम गरीसकेको छ। करिब १ वर्षपहिले गूगलले १ अर्ब १० करोड डलरमा एचटिसीका पिक्सेल टोली खरिद गरेको थियो। अर्को चर्चित स्मार्टफोन कम्पनी एप्पलले पनि गूगललाई टक्कर दिन १ सय भन्दा बढी हार्डवेयर इन्जिनियर खरिद गरेको बताइएको छ। गूगलले नयाँ मोबाइल फोनका साथै पिक्सेल सेरिज को नयाँ स्मार्टफोन पनि ल्याउने तयारी गरेको छ।