प्रमुख शहरमा सार्वजनिक यातायातमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने प्रणाली लागु हुने भएको छ ।
आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
प्रमुख शहरहरूमा सार्वजनिक यातायातमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणाली लागु गरिने उनले बताए ।