कीवर्डहरू -

सरकारले पूर्ण डिजिटल बैंक स्थापना गर्ने

सरकारले पूर्ण डिजिटल बैंक स्थापना गर्ने

सरकारले पूर्ण डिजिटल बैंक स्थापना गर्ने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

पूर्ण डिजिटल बैंकको स्थापना गर्न आवश्यक व्यवस्था मिलाइने शर्माले घोषणा गरे । भुक्तानी प्रणालीलाई सुरक्षित बनाउन आधुनिक उपकरणहरुको वित्तीय कारोबारलाई विद्युतीय प्रणालीमा आधारित सुरक्षित बनाइने जानकारी दिए ।

साथै सबै प्रकारका सरकारी भुक्तानीहरु विद्युतीय प्रणालीमा आधारित बनाइने उनले बताए ।