कीवर्डहरू -

अब नागरिकता तथा राष्ट्रिय परिचयपत्र लिँदा प्यान नम्बर पनि पाइने

अब नागरिकता तथा राष्ट्रिय परिचयपत्र लिँदा प्यान नम्बर पनि पाइने

सरकारले अब नागरिकता तथा राष्ट्रिय परिचयपत्र लिँदा नै प्यान नम्बर पनि प्रदान गर्ने भएको छ ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रदान गर्दा कै बखत व्यक्तिगत स्थायी लेखा नम्बर प्रदान गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइने बताए ।

त्यस्तै नाबालिक नागरिक समेत लगानी वा व्यवसायमा संलग्न रहेमा उनीहरूलाई जन्मदर्ता वा नाबालिग परिचयपत्र र अभिभावकको परिचयपत्रको आधारमा प्यान नम्बर प्रदान गरिने छ ।