कीवर्डहरू -

आजदेखि पुनः ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिन सकिने

आजदेखि पुनः ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिन सकिने

आजदेखि पुनः ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिन सकिने भएको छ । जेठ १६ गते सोमबार साँझ ६ बजेदेखि यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन सुरू गर्न लागेको हो ।

यसभन्दा अगाडि दिइएका आवेदनहरू रद्द गरी नयाँ अनलाइन आवेदन प्रणाली सुरू गर्न लागेको विभागले जनाएको छ । जेठ १६ गतेभन्दा पछाडि कार्यालय भिजिटको मिति पाएका सेवाग्राहीले समेत नयाँ आवेदन दिनुपर्नेछ ।

यसअघिको सिस्टममा समस्या आएपछि विभागले नयाँ अनलाइन आवेदन प्रणाली विकास गरेको हो । नयाँ सवारी चालक अनुमतिपत्रका लागि यहाँ क्लिक गरेर आवेदन दिन सकिने छ । साथै वर्ग थप गराउन चाहने सेवाग्राहीका लागि अर्कोहप्ताको सोमबारबाट आवेदन खुल्ने छ ।