कीवर्डहरू -

७० करोड घुस प्रकरणमा मुछिएका पौडेल सुरक्षण मुद्रण केन्द्रको निर्देशकमा पुनः नियुक्त

७० करोड घुस प्रकरणमा मुछिएका पौडेल सुरक्षण मुद्रण केन्द्रको निर्देशकमा पुनः नियुक्त

काठमाडौं । ७० करोड घूस प्रकरणमा मुछिएका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई सरकारले सोही पदमा पुनः नियुक्त गरेको छ ।

सुरक्षण मुद्रण विकास समिति गठन तेस्रो संसोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ क बमोजिम जेठ १३ गते बसेको मन्त्रीपरिषद वैठकको निर्णयले पौडेललाई पुन एक कार्यकालका लागि पदस्थापन गरेको हो ।

२०७६ सालमा सुरक्षण मुद्रण केन्द्र अन्तर्गत खरिद प्रक्रिया अगाडी बढाएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोडको घोटला गरेको खुलासा भएको थियो ।

उक्त प्रकरणमा तत्कालित सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बाँस्कोटाको अडियो बाहिरिएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका थिए ।

सोही प्रकरणमा जोडिएका केन्द्रका कार्यकारी निर्देशक र मन्त्रीमा छानबिन गरेर काराबाही गर्न प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो ।

हालसम्म टुंगोमा नपुगेको सो प्रक्रियाको बीचमै मन्त्रीपरिषदले विवादास्पद व्यक्तिलाई पुनः पदस्थापन गरेको हो ।