कीवर्डहरू -

भविष्यका आईफोनमा अल्वेज अन डिस्प्ले फिचर

भविष्यका आईफोनमा अल्वेज अन डिस्प्ले फिचर

आईओएस १६ देखि आईफोनमा अल्वेज अन डिस्प्ले फिचर उपलब्ध हुने भएको छ । एप्पलका आगामी फोनहरुको अपरेटिङ प्रणालीमा विजेट जस्तो फिचर भएको वालपेपर पनि हुनेछ ।

कम्पनीले अल्वेज अन डिस्प्ले फिचर भविष्यको आईफोन प्रो मोडेलहरुमा राख्ने भएको छ । यसले प्रयोगकर्ताहरुलाई पूर्ण रुपमा डिभाइस अन नगरिकनै नोटिफिकेसन हेर्न दिनेछ ।

यो फिचर धेरै एन्ड्रोइड फोनमा पहिले देखिनै उपलब्ध रहेको छ । एप्पलले पनि आईफोन १३ मै अल्वेज अन डिस्प्ले फिचर राख्ने योजना बनाएको थियो ।

तर त्यतिखेर केही कारण सम्भव नभएपछि एप्पलले अब आगामी आईफोन मोडेलहरुका लागि अल्वेज अन डिस्प्ले फिचर सार्वजनिक गर्ने भएको हो ।