कीवर्डहरू -

रियलमी ९ सार्वजनिक, बजारमा अर्को सातादेखि उपलब्ध हुने

रियलमी ९ सार्वजनिक, बजारमा अर्को सातादेखि उपलब्ध हुने

स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा ९ सिरिज अन्तर्गत आफ्नो थप नयाँ फोन रियलमी ९ सार्वजनिक गरेको छ । यो स्मार्टफोन अर्को सातादेखि दराज र सबै मेनलाइन च्यानलहरुमा उपलब्ध हुनेछ ।

उत्कृष्ट प्रोलाईट क्यामेरा र सामसङ आईएसओसेल एचएमसिक्स ईमेज सेन्सर साथ आएकोे रियलमी ९ विश्वको पहिलो स्मार्टफोन मध्ये एक हो, जसले कम प्रकाशमा पनि फोटोहरूमा उल्लेखनीय रूपमा उज्यालो र राम्रो रंग संयोजन प्रदान गर्दछ ।

१०८ एमपी प्रोलाइट क्यामेरामा ८ एमपी रिजोल्युसनको साथ १२० डिग्री सुपर वाइड क्यामेरा र २ एमपी रिजोल्युसनको साथ ४ सेमी म्याक्रो क्यामेरा छन् ।

रियलमी ९ स्न्यापड्रागन ६८० प्रोसेसर सहित ६ एनएम प्रक्रियामा आधारित छ । यो स्मार्टफोनमा १०२४० स्तरको ब्राइटनेस समायोजनको साथ ९० हर्जको सुपर एमोलेड डिस्प्ले रहेको छ साथै यसमा भएको १६ एमपी सेल्फी क्यामेराले अँध्यारोमा पनि प्राकृतिक र उत्कृष्ट सेल्फी लिन सकिन्छ ।

यो फोन ३३ वाट डार्ट टेक्नोलोजी द्वारा समर्थित ५००० एमएएच् मेगा ब्याट्री सँग सुसज्जित छ । रियलमी ९ मा मरुभूमिबाट आएको प्रकाशबाट प्रेरित रिपल होलोग्राफिक डिजाइन रहेको छ जसले प्रकाश परिवर्तनको थ्रीडी प्रभाव प्रदान गर्दछ ।

यसले मुटुको गति पत्ता लगाउने इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, र डायनामिक ¥याम विस्तार प्रविधि डिआरईपनि समावेश गरेको छ जसले पहिले अवस्थित र्‍याममा ५ जिबी सम्म थप्न सक्छ यो ७.९९ एमएम स्लिम छ र तौल १७८ ग्राम मात्र छ ।

यो स्मार्टफोन एन्ड्रोइड १२ मा आधारित पूर्व इन्सटल्ड रियलमी यूआई ३.०सहित उपलब्ध छ । यो फोन दुई भिन्न भेरियन्ट र तीन भिन्न रंगहरु टारगेज ह्वाइट, सनबस्र्ट गोल्ड र मिटियर ब्ल्याकमा  उपलब्ध छ ।

यसको मूल्य ८/१२८ जिबी भेरियन्टको लागि मूल्य ३३ हजार ४९९ रूपैयाँ र ६/१२८ जिबी भेरियन्टको लागि मूल्य ३१ हजार ४९९ रूपैयाँमा तोकिएको छ  । ८/१२८ जिबी भेरियन्ट अर्को सात देखि खरिदको लागि उपलब्ध हुनेछ ।