कीवर्डहरू -

आइएमईले ल्यायो ‘हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ’ योजना

आइएमईले ल्यायो ‘हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ’ योजना

आइएमईले स्थापनाको २२औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा देशविदेशमा रहेका सम्पूर्ण सेवाग्राहीलाई लक्षित गरी ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेकोे छ ।

योजना अन्तर्गत देश तथा विदेशबाट आइएमईमार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट÷सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी यो योजना अवधि भरी जम्मा २० जना विजेताहरूले स्मार्ट वाच जित्न सक्ने कम्पनीले जनाएको छ ।

यस्तै  बम्परमा १ विजेताले सामसुङ एस२२ मोबाइल प्राप्त गर्न सक्नेछन् ।  यो योजनामा सहभागी हुने सेवाग्राहीहरु मध्य कूल २१ जना विजेताहरू लाभान्वित हुनेछन् भने यसका विजेताहरू सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले २२ वर्षसम्मको व्यवसायिक यात्राको यो विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका निर्वाह गर्ने आएको विश्वास व्यक्त गरे । जेठ १५ गतेदेखि सुरु भएको यो योजना ३० दिनसम्म जारी रहनेछ ।