कीवर्डहरू -

\'प्रमिस टु सेक्युर\' अन्तराष्ट्रिय बजारमा विस्तार हुदै

\'प्रमिस टु सेक्युर\' अन्तराष्ट्रिय बजारमा विस्तार हुदै

पछिल्लो समय नेपालमा नयाँ प्रविधि र प्रयोगहरु बढ्न थालेका छन । स्टार्टअप तथा आइटी कम्पनीहरुले इनोभेसनमा जोड दिएको पाइन्छ । प्रमिस टु सेक्युर नामक जिपिएस ट्राकिङ सिस्टमले नेपालमा नै पहिलोपटक ट्राकिङ सफ्टवेयर विकास गर्दै अन्तराष्ट्रिय बजारमा समेत विस्तार गरेको छ ।


फ्रेब्रअरी ४ र ५ तारिखमा भारतमा आयोजना भएको इन्डियासफ्टमा उक्त कम्पनीले सहभागिता जनाएको थियो । ६० भन्दा बढि देशका प्रतिनिधिहरु आएको उक्त कार्यक्रममा यस प्रडक्टले धेरैको ध्यानाकर्षण गरेको कम्पनीका प्रवन्ध निर्देशक बिनम्र ढकालले बताए । दुबइ, श्रिलंका, बंगलादेशहरुबाट यसको डिमाण्ड आएको कम्पनीका सिइयो ओजित शर्माले जानकारी दिए ।


यस प्रविधि मार्फत जिपिएस डिभाइस प्रयोग गरि मोवाइलबाटै गाडी कहाँ छ, कतिखेर आइपुग्छ जस्ता जानकारी सजिलै लिन सकिन्छ । यसैगरी गाडीको फ्युल सम्वन्धी जानकारी समेत यसबाट प्राप्त गर्न सकिन्छ । कम्पनीले फोहोर उठाउने गाडीहरुमा समेत यस प्रविधिको प्रयोग गरेर घरघरमा गाडी आउने जानकारी सहितको नोटिफिकेसन दिनेछ ।

\"\"
नेपालमा पनि पछिल्लो समय यस प्रविधिको बढ्न थालेको ढकालले बताए । भैरहवा, जुम्ला, विराटनगर, काठमाण्डौ ठाउहरुमा यस प्रविधिको प्रयोग भइसकेको र थुप्रै कम्पनी, सस्था, नगरपालिका र भेइकल डिस्ट्रिब्युटर कम्पनीहरुबाट समेत डिमाण्ड आइरहेको ढकालले जानकारी दिए ।