कीवर्डहरू -

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा दिन अब राष्ट्रिय परिचयपत्र नम्बर चाहिने

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा दिन अब राष्ट्रिय परिचयपत्र नम्बर चाहिने

चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन दिदा अब राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नुपर्ने भएको छ ।

आयोगले एक सूचना प्रकाशित गर्दै एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फाराम भर्दा राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नुपर्ने जानकारी दिएको हो ।

चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने डीएम/एमसीएच, स्नातकोत्तर तह र स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फाराम भर्दा आवेदकको राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नुपर्ने जनाएको छ ।

साथै चिकित्सा शिक्षा आयोगले सम्भावित सम्पूर्ण उम्मेद्वारहरूले समयमै राष्ट्रिय परिचयपत्र बनाउन आग्रह गरेको छ ।