कीवर्डहरू -

कोर्न ग्याजेटको ललितपुर बिक्रेतामा टेकम्याक्स

कोर्न ग्याजेटको ललितपुर बिक्रेतामा टेकम्याक्स

अन्तर्राष्ट्रिय मोबाइल एसेसरिज ब्राण्ड ‘कोर्न’ले आफ्ना उत्पादनहरू नेपाल ल्याएसँगै ललितपुरको बिक्रेतामा टेकम्याक्स कुमारिपाटीलाई नियुक्त गरेको छ ।

टेकम्याक्सको सोरुम कुमारीपाटीबाट ग्राहकले खरिद गर्न सक्नेछन् भने टेकम्याक्सले ललितपुर भर कोर्नका उत्पादन बिक्री गर्ने बताइएको छ ।

ललितपुर बिक्री सुरुवातको उद्घाटन ललितपुर मोबाइल बिजनेस एसोसिएसनका अध्यक्ष सन्तोष घिमिरेलले गरेका थिए ।

नेपालमा सार्वजनिक हुनुअघि विश्वका ३८ वटा देशमा यस ब्रान्डले आफ्ना विभिन्न उत्पादनहरू लन्च गरिसकेको कम्पनीले जनाएको छ । यसका हरेक उत्पादन एमं ग्याजेटमा १ वर्षको वारेन्टी समेत रहेको बताइएको छ ।

केमियो इन्टरन्यासनल प्रालिले यस ब्रान्डका ग्याजेट नेपाल भित्र्याएको हो । हेडफोन, चार्जर, स्मार्ट वाच्, डाटा केवल, स्पिकर लगायत करिब एक सय प्रकारका ग्याजेट उपलब्ध रहेको टेकम्याक्सले जनाएको छ ।