कीवर्डहरू -

नेपाल स्टार्टअप फेस्ट आयोजना गर्दै सीएनईवाईईएफ, स्टार्टअपलाई ५० करोड लगानी 

नेपाल स्टार्टअप फेस्ट आयोजना गर्दै सीएनईवाईईएफ, स्टार्टअपलाई ५० करोड लगानी 

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनईवाईईएफ) ले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । स्टार्टअपको प्रवर्द्धनका लागि सीएनईवाईईएफले स्टार्टअप फेस्ट आयोजना गर्न लागेको हो ।

आउँदो असार ११ गते सोल्टी होटेलमा आयोजना हुने उक्त कार्यक्रममा करिब ३००० स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी, बुद्धिजीवी, पत्रकार आदिको सहभागिता रहने आनुमान गरिएको छ ।

लगानीका लागि स्टार्टअप फेस्टमा आउने स्टार्टअपहरूले लगानी समेत पाउने छन् । त्यसका लागि अहिलेसम्मब करिब ५० करोड लगानीको प्रतिबद्धता आएको छ ।

लगानीका लागि अनलाइनबाट यहाँ क्लिक गरी प्रस्ताव पेस गर्न सकिने छ । लगानीका लागि टीम भेन्चर, ग्लोबल इक्वीटी फन्ड, अध्यान्त फन्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल टेलीभेन्चर पार्टनरले संयुक्त रुपमा करिब ५० करोडको आशयपत्रमा हस्ताक्षर भएको सीएनईवाईईएफका निवर्तमान अध्यक्ष चाङ अग्रवालले बताए ।

यसका साथै नेपाल प्राइभेट इकुइटी एशोसिएसन, इम्प्याकट हब, रोबोटिक्स एशोसिएसन नेपाल र आन्टरप्रेरणा सँगपनि सहकार्य गर्न सम्झौता गरेको सीएनईवाईइएफले जनाएको छ ।

त्यसैगरी कार्यक्रममा स्टार्टअप अफ दि एयर,स्टार्टअप पर्सन अफ दि एयर, बेस्ट इन्नोभेसन अवार्ड, कस्टुमर एक्सिलेन्स अवार्ड, ग्रीन अवार्ड, बेस्ट प्लेस टु वर्क र सोसल आन्ट्रप्रेनरसीप अवार्ड गरी ७  विधामा ७ ओटा स्टार्टअपलाई अवार्ड पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

यसका साथै उक्त कार्यक्रममा प्यानल डिस्कसन, इन्भेस्टर्स डेटिङ, रोबोटिक फुटबल, ड्रोन एक्टीभिटिज, म्युजिकल कन्सर्ट हुनेछन् । एकदिन चल्ने उक्त कार्यक्रममा ५० भन्दा धेरै स्टार्टअपले आफ्नो वस्तु तथा सेवा प्रदर्शनीमा राख्ने व्यवस्था गरिएको छ ।