कीवर्डहरू -

सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता योजना, अनलाइनबाट पनि खोल्न सकिने

सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता योजना, अनलाइनबाट पनि खोल्न सकिने

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।  क्यापिटलले ‘नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउने उद्देश्यसहित निःशुल्क डिम्याट खाता योजना ल्याएको हो ।

नयो योजना जेठ १६ गतेदेखि असार ३२ गतेसम्म लागु हुनेछ । निःशुल्क डिम्याट खाता सनराइज क्यापिटल, सनराइज बैंकको कार्यालय र अनलाइनबाट खोल्न सकिन्छ ।

अनलाइनबाट निःशुल्क डिम्याट खाता खोल्न यहाँ क्लिक गर्नुहोस् । सर्वसाधारणलाई लक्षित गरि ल्याइएको यस योजनाले सर्वसाधारणहरुलाई पूँजी बजारमा प्रवेशका लागि अवसरका साथै समग्र बजारमा लगानी वृद्धिलाई समेत सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।