कीवर्डहरू -

नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने  

नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने  

नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ । नमस्ते पेको ‘स्क्यान एण्ड पे’ सुविधा प्रयोग गरेर स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको हो ।

स्मार्ट क्युआर हाल १ लाख ६० हजार व्यापारीहरूले प्रयोग गर्छन् । स्मार्ट क्युआरबाट गोल्ड स्टारका शोरूमहरूमा भुक्तानी गर्दा ३० प्रतिशतसम्म छुट पाइने छ ।

नमस्ते पे नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सयुक्त लगानीमा स्थापना भएको वालेट हो । यसबाट विभिन्न डिजिटल भुक्तानीहरू गर्न सकिन्छ ।