कीवर्डहरू -

ई-वेस्ट व्यवस्थापन बारे अन्तर्क्रिया गर्दै दूरसञ्चार प्राधिकरण, यसरी हुनुहोस् सहभागी

ई-वेस्ट व्यवस्थापन बारे अन्तर्क्रिया गर्दै दूरसञ्चार प्राधिकरण, यसरी हुनुहोस् सहभागी

नेपाल दूरसञ्चार प्राधिकरणले 'ई-वेस्ट म्यानेजमेन्ट एण्ड रिफरबिसमेन्ट' विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल पोलिमर इन्सिच्टूयट, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र नेपाल विकास अनुसन्धान प्रतिष्ठानसँगको सहकार्यमा  जेष्ठ २० गते शुक्रबार विद्युतीय फोहोर व्वयस्थापन सम्बन्धि अन्तर्क्रिया कार्यक्रम आयोजना हुन लागेको हो ।

सो कार्यक्रम बिहान १० बजे देखि बेलुका ५ बजेसम्म कुटी २ रिसोर्ट एण्ड स्पा लेकसाईड पोखरामा सञ्चालन हुनेछ ।

ई–वेस्ट व्यवस्थापन, सात ओटा आर (रिसाइकल, रिफ्युज, रिड्युस, रियुज, रिपियर, रिगिफ्ट र रिकभर) को अभ्यास र ई–वेस्ट उत्पादकको भूमिकाबारे जनचेतना फैलाउनलाई यो कार्यक्रम आयोजना हुन लागेको हो ।

उक्त अन्तर्क्रिया कार्यक्रममा प्यानल डिसकसन हुनेछ, जहाँ ई–वेस्टलाई कसरी व्यवस्थापन गर्ने र पुनः प्रयोग कसरी गर्ने भन्ने बारे छलफल गरिनेछ ।

कार्यक्रममा २ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । जूम मिटिङ आईडी ९८१००३३८६३१ र पासवर्ड E-waste079 रहेको छ ।