कीवर्डहरू -

टेस्लामा अब घरबाटै काम गर्न नपाइने, अफिस आउन मस्कको अल्टिमेटम

टेस्लामा अब घरबाटै काम गर्न नपाइने, अफिस आउन मस्कको अल्टिमेटम

स्पेश एक्स र टेस्लाका कर्मचारीले अब पूर्ण रूपमै अफिसमा आएर काम गर्नुपर्ने भएको छ । कम्पनीका सीईओ एलन मस्कले स्पेस एक्स तथा टेस्लाका कामदारलाई अब पूर्ण रुपमा अफिसबाटै काम गर्नुपर्ने जानकारी गराएका हुन् ।

उनले कर्मचारी लागि एक अल्टिमेटम जारी गर्दै कम्पनीमा चालिस घण्टा कम्तीमा बिताउनु पर्ने र नत्र अफिस छोडेर जाँदा हुने जनाएका छन् ।

कर्मचारीहरुलाई ईमेल मार्फत सूचित गर्दै प्रमुख अफिसमा हप्ताको कम्तीमा पनि ४० घण्टा बिताउनुपर्ने बताएका छन् । उनले ईमेलमा कर्मचारीहरु अब रिमोट ब्रान्चबाट काम गर्न नपाउने पनि बताएका छन् ।

धेरै टेक कम्पनीहरुले धेरै जसो कर्मचारीलाई स्थायी रुपमै घरबाट काम गर्न दिएका छन् जसमा फेसबुक, ट्वीटर, सेल्सफोर्स र स्लयाक लगायतका कम्पनी पर्ने गर्दछन् ।