कीवर्डहरू -

नेपालका  बिद्यालय तथा बिद्यार्थीहरुको लागि  लाइब्रेरी नेपाल डट कमको सुरु

नेपालका  बिद्यालय तथा बिद्यार्थीहरुको लागि  लाइब्रेरी नेपाल डट कमको सुरु

पुस १९ गते शिक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रममा लाइब्रेरी नेपाल डट कमको सुरुवात गरिएको छ । पुस्तकलय नेपाललाई  इलेक्ट्रा मिडियाका निर्देशक  डा।लिन्जी डिकीन्सनले नेपाली बिद्यालयका निम्ति तयार पारिएको अनलाइन लाइब्रेरी रहेको कार्यक्रममा जानकारी दिइएको थियो  ।

पुस्तकालय नेपाल, नेपालका बिद्यालयहरुले आफ्ना पुस्तकालयहरुको सहि सदुपयोग गरुन भन्ने उद्देश्य राखी स्थापना गरिएको शैक्षिक श्रोत हो । इलेक्ट्रा मिडियाले यसको निर्माण तथा डीजाइन  गरेको हो । त्यस्तै यो नयाँ पुस्तकालय स्थापनाका लागि स्तम्भ नेपालको सहकार्य तथा त्रिभूवन विश्वबिद्यालय,सूचना प्रबिधि केन्द्र ९सीआइटी नेपाल० र कम्प्युटर महासंघ नेपालको सहभागिता समेत रहेको छ ।

नेपालको साक्षरता,पढाई तथा पुस्तकालयको लगाब प्रति उक्त पुस्तकालय लक्षित छ । साथै नेपाल सरकारको शिक्षा मन्त्रालयको ूएक बिद्यालय –एक पुस्तक ू अभियानलाई सहयोग पुर्याउन यो परियोजना थालिएको हो । यसले बिद्यालयलाई आफै विविध कुरा सिक्न सक्षम समुहको स्थापना गर्न सहयोग गर्दछ र यसका साथै बिद्यालयका कर्मचारीलाई बिद्यालयको पुस्तकालयको राम्रो सदुपयोग कसरि गर्ने भन्ने कुराको ढाँचा प्रदान गर्ने गर्दछ । साथै यसले बिद्यार्थीहरुमा पढ्ने उत्साहको बृद्धी तथा आफ्नो शैक्षिक क्षमताको विकास गर्नको लागि  प्रोत्साहित गर्न संरचना प्रदान गर्ने गर्दछ ।

पुस्तकालय नेपालका सामग्रीहरुले बिद्यार्थीहरुलाई  नेतृत्व तथा सामुहिक कार्यको विकास गर्न, सकारात्मक वातावरणको निर्माण गर्न तथा पुस्तकहरु पढेर आत्मविश्वासी बन्न मार्ग दर्शन गराउने गर्द्छ । स्कूलका कर्मचारीहरु लाई राम्रो पुस्तकालय निर्माणका लागि ढाँचा तयार गर्नु  तथा बिद्यार्थीहरुलाई आफै पढ्न र सिक्न सक्षम बनाउनु पुस्तकालय नेपालको मुख्य लक्ष्य रहेको छ । बिद्यार्थीहरुलाई किताबहरु पढ्ने,छलफल गर्ने तथा कथाहरु पढेर रमाउने बनाउने महत्वकांक्षामा यो पुस्तकालय केन्द्रित छ ।

पुस्तकालय नेपालका सामग्रीहरुलाई बिद्यालयहरुले www.library-nepal.com बाट डाउनलोड गरेर निशुल्क रुपमा प्रयोग गर्न तथा वितरण गर्न सक्छन् । त्यस्तै यी सामग्रीहरु अंग्रेजी तथा नेपाली दुवै भाषामा डाउनलोड गर्न सकिन्छ । यसरि डाउनलोड गरिएका सामग्रीहरुलाई प्रयोग गर्न  प्रिन्ट गर्न,प्रोजेक्टर द्वारा हेर्न तथा कम्प्युटर तथा मोबाइलको स्क्रिनमा देखाउन वा कालोपाटीमा समेत सार्न सकिन्छ ।

यसको प्रयोग गर्न इन्टरनेटको आवश्यकता पर्दैन् । पुस्तकालयका सामग्रीको आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न बिद्यालयहरुले स्वतन्त्र छन् । बिद्यार्थीहरुले आफुलाई आवश्यक पाठहरुको छनौट गर्न सक्नेछन् भने शिक्षकहरुले पनि आफ्नो अनुकुलता अनुसार पढाउने क्रममा तिनीहरुको प्रयोग गर्न सक्नेछन् ।