कीवर्डहरू -

युटीएलसँग अप्टिकल फाइबर बिछ्याउन गरिएको सम्झौता रद्ध

युटीएलसँग अप्टिकल फाइबर बिछ्याउन गरिएको सम्झौता रद्ध

युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)ले  जिम्मा पाएकाे गण्डकी प्रदेश र प्रदेश नम्बर पाँचका जिल्लाको मध्यपहाडी लोकमार्ग र विभिन्न जिल्लाहरुमा अप्टिकल फाइबर बिच्छाउने काम रद्द भएकाे छ ।

मन्त्रिपरिषद्को बैठकले काम गर्न नसक्ने ठहर गर्दै यूटीएलसँग भएको सम्झौता रद्द गरेको सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले बताए ।

यूटीएलले गोरखाको आरुघाटदेखि रुकुमको मुसिकोटसम्म अप्टिकल फाइबर बिछ्याउने काम पाएकाे थियाे ।

अब यी दुई प्रदेशमा अप्टिकल फाइबर बिच्छाउने कामको जिम्मा नेपाल टेलिकमले पाएको छ । यूटीएलले आगामी बैशाख १५ गतेसम्म काम नै सक्नुपर्ने थियो । तर, काम नै नथालेपछि सम्झौता भंग गरिएको हो ।

यूटिएललाई ग्रामीण दूरसञ्चार कोषबाट दुई अर्ब एक करोड रुपैयाँ दिइको थियो ।

प्रदेश ६ र ७ मा रुकुमको मुसिकोटदेखि दार्चुलाको झुलाघाटसम्म अप्टिकल फाइबर बिच्छाउन स्मार्ट टेलिकमले जिम्मा पाएपनि त्यहाँ पनि कामको गति सुस्त छ । स्मार्टले ३ अर्ब ९४ लाख रुपैयाँमा यो कामको जिम्मा लिएको छ ।

नेपाल टेलिकमले प्रदेश नम्बर १, २ र ३ मा पाँचथरको चियोभन्ज्याङदेखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउन काम गरिरहेको छ ।