कीवर्डहरू -

पिक्सेलको कस्टम टेक्सट स्टीकर अब अरु एन्ड्रोइड फोनमा पनि उपलब्ध हुने

पिक्सेलको कस्टम टेक्सट स्टीकर अब अरु एन्ड्रोइड फोनमा पनि उपलब्ध हुने

एन्ड्रोइड अपडेटले पिक्सेलको कस्टम टेक्सट स्टीकर अरु फोनहरुमा पनि उपलब्ध हुने भएको छ । यो फिचरले गर्दा प्रयोगकर्ताहरुले अंग्रेजी टेक्सटलाई ईमेजमा परिवर्तन गर्न सक्ने भएका छन् ।

यो फिचरले ग्राफिक अटो जेनेरेट गर्ने गर्दछ । ईमेज विभिन्न रगं तथा डिजाइनमा उपलब्ध हुने गर्दछ र त्यहाँबाट आफूलाई चाहिएको ईमेज छनौट गर्नुपर्ने हुन्छ ।

यो फिचर चल्नका लागि तपाईको डिभाइसमा प्रयोग गरिएको भाषा अंग्रेजीनै हुनुपर्छ । कम्पनीले १६०० नयाँ ईमोजी किचन कम्बीनेसन फिचर पनि ल्याएको छ जसले गर्दा तपाईले दुई ओटा ईमोजी मिलाएर हाइब्रिड ईमोटिकन बनाउन सक्नुहुनेछ । यसले गर्दा कस्टोमाईज ईमोजीहरु बनाउन सकिने भएको छ ।