कीवर्डहरू -

मोको वालेटमा सिटिजन्स बैंकको कार्ड लोड गरी भुक्तानी गर्न सकिने

मोको वालेटमा सिटिजन्स बैंकको कार्ड लोड गरी भुक्तानी गर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनलले डिजिटल माध्यमको प्रयोग गरी ग्राहकलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने क्रममा भुक्तानी सेवा प्रदायक फोकसवानसँग एक सम्झौता गरेको छ ।

बैंकले कार्डमा आधारित स्क्यान टू पे र /क्यूआर माध्यमबाट भुक्तानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेको हो ।

उक्त सेवा संचालनमा आएसँगै बैंकका कार्ड बाहकहरुले फोकसवानद्धारा संचालित मोको डिजिटल वालेटमा बैंकका डेबिट/क्रेडिट कार्डहरु लिङ्क गरि सोही कार्डहरुबाट खर्च हुने गरि विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

यसैगरी बैंकका ग्राहकहरुले मोको वालेट मार्फत एनसीएचएलको नेपाल पे अन्तर्गतका क्यूआर माध्यमवाट भुक्तानी समेत गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।