कीवर्डहरू -

आईप्याडको निर्माण अब भियतनाममा हुने

आईप्याडको निर्माण अब भियतनाममा हुने

चीनमा लकडाउन भएका कारण एप्पलले आईप्याडको निर्माण चीनबाट भियतनाममा सारेको छ । निकेई एसियाको रिपोर्ट अनुसार कोभिड लकडाउनले व्यवसायमा असर पारेपछि एप्पलले आईप्याडको निर्माण चीनबाट भियतनाममा सारेको हो ।

एप्पलले यस अघि पनि आफ्नो निर्माण चीनबाट सार्ने प्रयास गरिरहेको थियो, जसकारण एप्पलले अहिले आईफोन भारतमा निर्माण गर्न थालेको छ । केही म्याक अमेरिकामा निर्मित हुन थालेका छन् र भियतनाममा पहिले देखिनै एयरपडको ठूलो स्तरमा निर्माण हुने गरेको थियो ।

एयरपोडसँगै अब  आईप्याड पनि बन्न भियतनाममा बन्ने भएको छ । एप्पलले सन् २०२० र २०२१ मै आईप्याडको निर्माण भियतनाममा गर्ने सोचिरहेको थियो तर सन् २०२२ मा आएर सम्भव हुने भएको हो । भियतनाममा धेरै लकडाउन नभएका कारण एप्पलले आफ्नो निर्माण प्रक्रियामा धेरै फरक नपर्ने विश्वास गरेको छ ।