कीवर्डहरू -

सामसङको एआई वासिङ मेसिन बजारमा

सामसङको एआई वासिङ मेसिन बजारमा

नेपालको सबैभन्दा ठूलो र सर्वाधिक विश्वासिलो उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले एआइ–इनेबल्ड इको बब्बल वासिङ मेशिन बजारमा ल्याएको छ ।

सन् २०२२ को नयाँ लाइनअप अन्तर्गत सामसङले पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मेसिनहरु प्रस्तुत गरेको हो ।

यी नयाँ एआइएको बब्बल वासिङ मेशिन सहज धुलाइको अनुभवका लागि नयाँ एआइ कन्ट्रोल विशेषतासहित रहेका छन् भनें उपभोक्ताहरुको चाहनाअनुरुप ८ केजी र ९ केजीसम्मको क्षमता युक्त मोडलहरुमा उपलव्ध रहेका छन् ।

सामसङ कम्पनीका अनुसार ४ नयाँ मोडलहमा वासिङ मेसिन उपलब्ध छन् र यी मोडलहरु एआइ कन्ट्रोल, इकोबब्बल टेक्नोलोजी र हाइजिन स्टिम जस्ता विशेषतायुक्त रहेको कम्पनीले जनाएको छ ।