कीवर्डहरू -

वित्तीय सूचनामुलक नोटिस पोर्टल ‘फाइनान्सियल नोटिसेस’ को मोबाईल एप्स सार्वजनिक

वित्तीय सूचनामुलक नोटिस पोर्टल ‘फाइनान्सियल नोटिसेस’ को मोबाईल एप्स सार्वजनिक

नेपालमै पहिलो पटक संचालनमा आएको वित्तीय सूचना प्रदायक वेव साइट फाइनान्सीयल नोटिसेस डटकमको मोबाईल एप्स सार्वजनिक गरिएको छ ।

काठमाडौंमा आयोजित “फाइनान्सीयल टेक्नोलोजी” विषयक कर्यक्रममा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामडी सिवाकोटीबाट फाइनान्सीयल  नोटिसेस मोबाईल एप्सको सार्वजनिक गरे ।

एप्सबाट बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गर्ने सम्पूर्ण सूचनाहरु, नयाँ योजना तथा जानकारी र वित्तीय संस्थासंग सम्बन्धीत विभिन्न वेव पोर्टलमा प्रकाशित ताजा आर्थिक समाचारहरु सजिलै हेर्न सकिने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न पत्र पत्रिकामा प्रकाशित गर्ने सूचना तथा जानकारीहरुलाई डिजिटल माध्यमबाट ग्राहकहरु समक्ष प्रवाह गरी वित्तीय साक्षरता, वित्तीय पहुँच बढाउँदै सामाजिक उत्तरदायीत्व निर्वाह गर्न, सूचनाको हक सम्बन्धी अधिकार सुनिश्चत गरी ग्राहमुखी सेवा प्रदान गर्न यस एप्सले सहयोग पुर्याउने अनलाइनका संचालक प्रकास अर्यालले बताए ।

बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गर्ने रोजगारी सम्बन्धी सूचना, बोलपत्र आह्वान, सेयर सम्बन्धी सूचना, ब्याजदर परिवर्तनको सूचना, वित्तीय विवरण, कर्जा भुक्तानी, मिटिङ, महत्वपूर्ण जानकारीहरु तथा ताजा सूचनाहरु छुट्टा छुट्टै रुपमा हेर्न सकिने व्यवस्था गरिएको छ ।

ग्राहकहरुलाई आवश्यक पर्ने र हेर्न चाहेको बैंक तथा वित्तीय संस्थाहरुको मात्र सूचना मोबाईलमा नोटिफिकेसन आउने सुविधा रहेको छ ।

एप्सबाट बैंक तथा वित्तीय संस्थाहरुका प्रधान कार्यलय, शाखा कार्यलय, एटिएम रहेको ठाउँको जानकारी, शाखा रहित बैंकिङ एजेन्ट तथा बिमकहरुको बारेमा सजिलै जानकारी पाउनुका साथै विदेशी विनिमय दर हेर्न, मेरो शेयर लगिन र  इ.एम.आई. क्याल्कुलेटरको सुविधा प्रयोग गर्न सकिन्छ ।