कीवर्डहरू -

भोलि एप्पलको डेभलपर कन्फेरेन्स २०२२ : के के होलान् सार्वजनिक ?

भोलि एप्पलको डेभलपर कन्फेरेन्स २०२२ :  के के होलान् सार्वजनिक ?

एप्पलको वार्षिक कार्यक्रम विश्वव्यापी डेभलपर कन्फेरेन्स २०२२ सोमबारदेखि सुरु हुने भएको छ । हरेक वर्ष आयोजना हुने यो डेभलपर कन्फेरेन्समा विभिन्न प्रडक्टहरु सार्वजनिक गर्छ ।

जुन १० सम्म चल्ने डेभलपर कन्फेरेन्समा एप्पलले थुप्रै घोषणा गर्ने भएको छ । कम्पनीले यस वर्ल्ड वाइड डेभलपर्स कन्फेरेन्समा भविष्यको आईओएस, म्याकओएस, वाचओएस, टिभीओएस सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । त्यस्तै एप्पलले नयाँ सफ्टवेयर तथा नयाँ डिजाइनको बारेमा पनि जानकारी दिनेछ ।

यो सम्मलन एप्पलको युट्युब, वेबसाइट, एप्पल डेभल्पर एप तथा एप्पल टिभिबाट प्रत्यक्ष लाइभ हेर्न सकिने कम्पनीले जनाएको छ । यो ३३ औँ वार्षिकोत्सव हो ।

आज हामी तपाईलाई एप्पलले यस विश्वव्यापी डेभलपर कन्फेरेन्स २०२२ मा के के सार्वजनिक गर्नेछ भनेर जानकारी दिदैछौं ।

आईओएस १६

आईओएस १६ ले फेस टाइम, मेसेज र नोटिफिकेसनलाई अझै स्मार्ट बनाउने भएको छ । यो ओएस अपडेटमा मेसेज, फोटो, म्याप र नोटिफिकेसनमा थुप्रै अपडेटहरु आउने छन् । आईओएस १६ मा नयाँ स्वास्थ्य ट्रयाकिङ फिचर पनि राखिने भएको छ ।

यस पटक अपडेट आउँदा आईओएसको रिडिजाइन पनि हुने आशा गरिएको छ । आईओएस ७ देखिनै एप्पलले आईओएसको एउटै डिजाइन राखेको छ र यसपाली यो परिवर्तन हुने आशा गरिएका हो  । आईओएस १६ ले भविष्यको आईफोनहरुमा अल्वेज अन डिस्प्ले फिचर राख्ने भएको छ ।

एप्पलको आगामी फोनहरुको अपरेटिङ प्रणालीमा विजेट जस्तो फिचर भएको वालपेपर पनि हुनेछ । कम्पनीले अल्वेज अन डिस्प्ले फिचर भविष्यको आईफोन प्रो मोडेलहरुमा राख्ने भएको छ । यसले प्रयोगकर्ताहरुलाई पूर्ण रुपमा डिभाइस अन नगरिकनै नोटिफिकेसन हेर्न दिनेछ ।

यो फिचर धेरै एन्ड्रोइड फोनमा पहिले देखिनै उपलब्ध रहेको छ । एप्पलले पनि आईफोन १३ मानै अल्वेज अन डिस्प्ले फिचर राख्ने योजना बनाएको थियो तर त्यतिखेर केही कारणले सम्भव नभएपछि एप्पलले अब आगामी आईफोन मोडेलहरुका लागि अल्वेज अन डिस्प्ले फिचर सार्वजनिक गर्ने भएको हो ।

आईप्याडओएस १६

आईप्याडओएस १६ मा आईओएस १६ मा भएको धेरै फिचरहरु हुनेछन् । तर आईप्याड केन्द्रित भएर पनि एप्पले धेरै फिचरहरु ल्याउने भएको छ । एप्पले आईप्याड स्मार्टफोन भन्दा ल्यापटप सरह काम गरोस् भन्ने चाहन्छ ।

आईप्याडमा रिडिजाईन गरिएको मल्टिटास्किगं इन्टरफेस हु्ने भएको छ । यसले काम गर्दै गर्दा कुन एप खुल्ला छ भनेर हेर्न दिन्छ । आईप्याडओएस १६ ले प्रयोगकर्ताहरलाई विन्डोज पनि रिसाईज गर्न दिनेछ ।

म्याकओएस १३

म्याकओएस १३ को बारेमा धेरै कुरा थाहा भएको छैन् । म्याक ओएसमा पनि आईफोन र आइप्याडकै जस्तै सेटिगं फिचर रहने भएको छ । एपल्ले पहिले रहेको केही डिफल्ट एपहरुलाई पनि रिभ्याम्प गर्ने भएको छ । यही कारणले मेसेज, मेल, सफरी र अरु एपहरुमा अपडेट आउने भएको छ । मेसेजमा अडियो मेसेजको फिचरमा अपडेट गरिने भएको छ ।

वाचओएस ९

वाचओएस ९ मा अपडेट गरिएको पावर सेभिङ्ग मोड रहेको छ । यसले ब्याट्रीको खपत कम गरि एप र फिचरको प्रयोग गर्न दिन्छ । यो ओएसमा हेल्थ र एक्टिभिटी ट्रयाकिगं प्रणाली पनि रहेको छ । व्यायाम गर्नका लागि थुप्रै वर्कआउटहरु रहेका छन् ।

टिभीओएस १६

टिभीओएसले अरु अपरेटिगं सिस्टम जसरी अपडेट पाउँदैन् । यसको बारेमा पनि धेरै विवरणहरु बाहिर नआएता पनि यसमा स्मार्ट होम टाइइनहरु उपलब्ध हुने भएको छ । एप्पल टिभीमा यो अपडेट सार्वजनिक भएपटि आकर्षक नयाँ फिचरहरु उपलब्ध हुने भएका छन् ।