कीवर्डहरू -

हाम्रो पात्रोबाट एक महिनामै भित्रियो १० करोड बढी रेमिट्यान्स

इन्स्ट्यान्ट ट्रान्सफर सुविधा पनि आउँदै

हाम्रो पात्रोबाट एक महिनामै भित्रियो १० करोड बढी रेमिट्यान्स

काठमाडौं। नेपालको लोकप्रिय एप हाम्रो पात्रो एपबाट एक महिनामै १० करोड भन्दा बढिको रेमिट्यान्स नेपाल भित्रिएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिना आघि मात्र रेमिट्यान्स सेवा सुरू गरेको थियो ।

हाम्रो पात्रोले ६ महिना अघि मात्र १ करोडको रेमिट्यान्स भित्र्याएको थियो भने यो महिनामा दश करोडको रेमिट्यान्स भित्रिएको छ ।

यो अवसरमा हाम्रो पात्रो इंकका संस्थापक तथा सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गरेका छन् । ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार व्यक्त गर्दछु । हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुबिधा दिनु हो ।’

त्यसैगरी ‘इन्स्ट्यान्ट ट्रान्सफर’ सुविधा चाडै आउने शंकर उप्रेतीले बताए । यद अन्तर्गत पैसा पठाएको केही समयमै नेपालको बैंक खाता अथवा मोबाइल एपमा पैंसा डिपोजिट हुनेछ ।

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ । जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटक १००० डलरसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन् ।

हाम्रो पात्रो एपले नेपाली एपहरुमा नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ । यस अघि १० लाख र ५० लाख हुँदै १ करोड डाउनलोड पुरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो । हालै एपले दैनिक १७ लाख र मासिक १ करोड दश लाख सक्रिय प्रयोगकर्ता भएको कोसेढुङ्गा पार गरेको छ ।

हाम्रो पात्रोले गत वर्षनै प्ले स्टोरमा १ करोड डाउनलोड कोसेढुंगा पार गरेको थियो । पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो।

प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रोपात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ । साथै यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रोपात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ ।