कीवर्डहरू -

चीनले निर्माण गर्यो विश्वको  पहिलो महिला एआई समाचार वाचक

चीनले निर्माण गर्यो  विश्वको  पहिलो महिला एआई समाचार वाचक

काठमाडौँ। विश्वमा आर्टिफिसियल इन्टेलीजेन्ट (एआई) प्रविधिको विकास भइरहेको बेला चीनले विश्वको  पहिलो महिला एआई समाचार वाचक को निर्माण गरेको छ । टिभीमा अब समाचार वाचन  मान्छेको सट्टा एआईको माध्यमबाट चल्ने यिनै भर्चुअल न्युज एंकरले गर्नेछिन।

चीनको समाचार एजेन्सी शिन्हुआ ले एआई एंकरले मान्छेभन्दा धेरै राम्रो गर्नसक्ने बताएको छ। यस्तै एआईले घण्टौसम्म नरोकिएरै समाचार वाचन गर्नसक्ने र यसले समाचार उत्पादनको लागतमा पनि कमी आउने बताइएको छ। यि एआई  न्युज एंकर को नाम शिन शाओमेंग राखीएको छ।

एआईमा आधारित  भर्चुअल एंकर र यसको हाउभाउ मान्छेको जस्तै छ। यसले २४ घण्टासम्म लगातार समाचार पढ्न सक्ने र प्रोफेशनल न्युज एंकरले झैं समाचार वाचन गर्ने शिन्हुआको दावी छ।