कीवर्डहरू -

इम्बोस्ड नम्बर प्लेट सस्तो बनाइ्योस्, नागरिकलाई सास्ती दिने काम नगरियोस्ः गगन थापा  

इम्बोस्ड नम्बर प्लेट सस्तो बनाइ्योस्, नागरिकलाई सास्ती दिने काम नगरियोस्ः गगन थापा  

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभाका सदस्य गगन कुमार थापाले एक महिनाभित्र इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै बागमती र गण्डकी प्रदेशका सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगर्नेलाई दण्ड, जरिवाना डर देखाउँदै नागरिकलाई तर्साउन सरकारले सजिलो बाटो समातेको बताएका हुन् ।

यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै बागमती र गण्डकी प्रदेशका कार्यालयमा दर्ता भएका सवारीसाधनले असार मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको थियो । यदी असार मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान नभए साउनदेखि कारबाही गर्ने चेतावनी दिएको थियो ।

‘अबको १५ महिनामा २५ लाख सवारीसाधनमा जोड्ने भनेको छ । दिनको ५ हजार ५ सय, कसरी छ सम्भव छ ?,’ थापाले भने, ‘दिनरात लाइन बस्नुपर्छ र अन्तिममा नम्बर प्लेट पनि जडान हुँदैन् ।’

मंहगो पैसा तिरेर प्लेट लिएको तर यसको गुणस्तर नभएको नागरिकको गुनासो रहेको उनले बताए । ‘जुन कम्पनीले ठेक्का पाएको छ । कम्पनीमाथि प्रश्न छ । जुन प्रकृतीको सम्झौता भएको छ त्यसमा प्रश्न छ’ उनले भने ।

थापाले बंगलादेश र इजरायलमा त्यहाँको मातृभाषामा हुने नेपालमा देवनागिरी लिपीमा किन भएन् प्रश्न गरे । राज्यले संवाद गरेर नागरिकहरूलाई विश्वासमा लिनुपर्ने ठाउँमा तयार गर्नुपर्ने पूर्वाधार तयार नगरेको उनको भनाइ छ ।

अन्य देशको तुलनामा ५-६ गुणा बढी पैसा लिएर साउन १ गते भित्र अनिवार्य जडान गर्नुपर्ने सरकारको भाषा गतल रहेको बताए ।

‘यसको तत्काल पुनरावलोकन होस् । यसलाई सस्तो पनि बनाइ्योस र सबैभन्दा ठूलो कुरा नागरिकलाई सास्ती दिने काम नगरियोस्,’ उनले भने, ‘यसलाई सजिलो बनाइयोस् । पूर्वाधार तयार गरियोस् । जनशक्ति थपियोस् ।’