कीवर्डहरू -

एप्पल डेभलपर कन्फेरेन्सको पहिलो दिनः आईओएस १६ देखि म्याकबुक एयरसम्म सार्वजनिक

एप्पल डेभलपर कन्फेरेन्सको पहिलो दिनः आईओएस १६ देखि म्याकबुक एयरसम्म सार्वजनिक

एप्पलको वार्षिक कार्यक्रम विश्वव्यापी डेभलपर कन्फेरेन्स २०२२ सोमबारदेखि सुरु भएको छ । हरेक वर्ष आयोजना हुने यो डेभलपर कन्फेरेन्समा चिभिन्न प्रडक्टहरु सार्वजनिक गर्छ ।

जुन १० सम्म चल्ने डेभलपर कन्फेरेन्समा एप्पलले थुप्रै घोषणा गर्ने भएको छ । कम्पनीले यस वर्ल्ड वाइड डेभलपर्स कन्फेरेन्सको पहिलो दिन भविष्यको आईओएस, म्याकओएस, वाचओएस, टिभीओएस सार्वजनिक गरेको छ । त्यस्तै एप्पलले नयाँ सफ्टवेयर तथा नयाँ डिजाइनको बारेमा पनि जानकारी दिएको थियो ।

यो सम्मलेन एप्पलको युट्युब, वेबसाइट, एप्पल डेभल्पर एप तथा एप्पल टिभिबाट प्रत्यक्ष लाइभ हेर्न सकिने कम्पनीले जनाएको छ । यो ३३ औँ वार्षिकोत्सव हो ।

आज हामी तपाईलाई एप्पलले यस विश्वव्यापी डेभलपर कन्फेरेन्स २०२२ मा के के सार्वजनिक गरेको छ भनेर जानकारी दिदैछौं ।

आईओएस १६

आईओएस १६ ले फेस टाइम, मेसेज र नोटिफिकेसनलाई अझै स्मार्ट बनाएको छ । यो ओएस अपडेटमा मेसेज, फोटो, म्याप र नोटिफिकेसनमा थुप्रै अपडेटहरु आएका छन् । आईओएस १६ मा नयाँ स्वास्थय ट्रयाकिङ फिचर पनि राखिएको छ । आईओएस १६ ले भविष्यको आईफोनहरुमा अल्वेज अन डिस्प्ले फिचर राख्ने भएको छ ।

एप्पलको आगामी फोनहरुको अपरेटिङ प्रणालीमा विजेट जस्तो फिचर भएको वालपेपर पनि हुन्छ । कम्पनीले अल्वेज अन डिस्प्ले फिचर भविष्यको आईफोन प्रो मोडेलहरुमा राख्ने भएको छ । यसले प्रयोगकर्ताहरुलाई पूर्ण रुपमा डिभाइस अन नगरिकनै नोटिफिकेसन हेर्न दिनेछ । यो फिचर धेरै एन्ड्रोइड फोनमा पहिले देखिनै उपलब्ध रहेको छ ।

एप्पलले पनि आईफोन १३ मानै अल्वेज अन डिस्प्ले फिचर राख्ने योजना बनाएको थियो तर त्यतिखेर केही कारणले सम्भव नभएपछि एप्पलले अब आगामी आईफोन मोडेलहरुका लागि अल्वेज अन डिस्प्ले फिचर सार्वजनिक गर्ने भएको हो । फोनमा कस्टोमाइज लक स्क्रीन पनि रहेको छ ।

यसले फोन अनलक गर्नुअघि विभिन्न कुराहरुलाई कस्टोमाइज गर्न दिन्छ । तपाईले ब्याकग्राउण्डमा फोटो सफल पनि राख्न सक्नुहुन्छ । लक स्क्रीनमा लाइभ एक्टिभीटिको फिचर पनि आईरहेको छ । यो एक विजेट हो जसले वास्तविक समयमानै ईभेन्टहरु अपडेट गर्ने गर्दछ । यसले प्रयोगकर्तालाई वर्कआउट, स्पार्टस गेम, उबर राईड आदिको बारेमा जानकारी दिनेछ । लक स्क्रीनले फोकस मोड पनि सपोर्ट गर्ने गर्दछ ।

म्याकबुक

एप्पलले यो पालिको विश्वव्यापी डेभलपर कन्फेरेन्स २०२२ मा नयाँ हार्डवेयर पनि सार्वजनिक गरेको छ । यो ल्यापटप कम्पनीको अपडेट गरिएको एमटू चिपसेटमा चल्ने गर्दछ । यसले एमवान प्रोसेसरको सफलता पछि एप्पलले नयाँ एम टू म्याक प्रोसेसर निर्माण गरेको छ । यसलाई एप्पल सिलिकन चिप भनिन्छ ।

यसमा एआई, सिपियू, जिपियू प्रोसेसर एकीकृत गरिएको छ । एप्पलले म्याकबुक एयर, म्याकबुक प्रो, म्याकमिनी, २४ इन्चको आईम्याक कम्प्यूटरलाई एमवान चिपसेटले पावर गरेको छ । दुईवर्ष भित्रमा एप्पलले इन्टेल चिप सेटको प्रयोग पूर्ण रुपले छाँडने लक्ष्य राखेको छ ।

यसले ३५ प्रतिशत छिटो जिपियू परफोरमेन्स दिने गर्दछ । म्याकबुक एयरमा एम वान मा १३.६ इन्चको लिक्वीड रेटिना रहेको छ । यसको स्क्रीन पहिलेको भन्दा २५ प्रतिशत बढि उज्यालो रहेको छ । यसमा १०८० पिको वेबक्याम। चर ओटा स्पीकर साउण्ड सिस्टम, टचआईटी र फ्यानलेस इन्टेरियर डिजाइनज पनि रहेको छ ।

यसले १८९ घण्टाको भिडियो प्लेब्याक दिने गर्दछ । यो नयाँ ल्यापटप आगामी महिना देखि १,१९९ डलरमा उपलब्ध हुनेछ ।

एमटू चिपसेट १३ इन्चको म्याकबुक प्रोमा पनि प्रयोग गरिनेछ । यसमा एट कोर सिपियू र १० कोर जिपियू हुनेछ । यसले २४ जिबी र्याम र २ टेरबाईट सम्मको स्टोरेज सपोर्ट गर्नेछ ।

आईप्याड ओएस १६

आईप्याडओएस १६ मा आईओएस १६ मा भएको धेरै फिचरहरु छन् । तर आईप्याड केन्द्रित भएर पनि एप्पले धेरै फिचरहरु ल्याएको छ । एप्पले आईप्याड स्मार्टफोन भन्दा ल्यापटप सरह काम गरोस् भन्ने चाहन्छ । आईप्याडमा रिडिजाईन गरिएको मल्टिटास्किगं इन्टरफेस रहेको छ । यसले काम गर्दै गर्दा कुन एप खुल्ला छ भनेर हेर्न दिन्छ । आईप्याडओएस १६ ले प्रयोगकर्ताहरलाई विन्डोज पनि रिसाईज गर्न दिन्छ ।

म्याकओएस १३

म्याक ओएसमा पनि आईफोन र आइप्याडकै जस्तै सेटिगं फिचर रहने भएको छ । एपल्ले पहिले रहेको केही डिफल्ट एपहरुलाई पनि रिभ्याम्प गरिएको छ । यही कारणले मेसेज, मेल, सफरी र अरु एपहरुमा अपडेट आएको छ । मेसेजमा अडियो मेसेजको फिचरमा अपडेट गरिएको छ ।

वाचओएस ९

वाचओएस ९ मा अपडेट गरिएको पावर सेभिङ्ग मोड रहेको छ । यसले ब्याट्रीको खपत कम गरि एप र फिचरको प्रयोग गर्न दिन्छ । यो ओएसमा हेल्थ र एक्टिभिटी ट्रयाकिगं प्रणाली पनि रहेको छ । व्यायाम गर्नका लागि थुप्रै वर्कआउटहरु रहेका छन् ।