कीवर्डहरू -

ओपोले नेपाली बजारमा मोबाइलको मूल्य घटायो

ओपोले  नेपाली बजारमा मोबाइलको मूल्य घटायो

काठमाडौँ। चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओपोले नेपालमा  ए सेभेन र एथ्रीएस को मूल्य घटाएको छ। प्रयोगकर्ताले  ए सिरिजका यी फोन ए सेभेन र एथ्रीएस मन पराएका कारण यी स्मार्टफोन नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको कम्पनीले जनाएको छ।

अगस्ट २०१८ मा सार्वजनिक ए ३  दक्षिण एसियाली बजारमा १३.२ एमपी डुअल रियर क्यामेरा, ८ एमपी एआई सक्रिय फ्रन्ट क्यामेरा तथा फुल स्क्रिनसहित सार्वजनिक पहिलो उपकरण हो। थोरै मुल्यमा अत्याधुनिक प्रविधि सहितको  स्मार्टफोन चलाउन चाहनेका लागि यो फोन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

ए सेभेन बिगर ब्याट्री फोनका रुपमा नोभेम्बर २०१८ मा सार्वजनिक गरिएको थियो ।चार हजार दुई सय ३० एमएएच क्षमताको ब्याट्री र प्राकृतिक तस्विर खिच्ने चाहना पूरा गर्ने सोचका साथ १६ एमपी फ्रन्ट क्यामेरा (एआई २.० सहित) र १३.२ एमपी डुअल रियर क्यामेरा ओपो ए ७ मा  छ। मूल्य घटायपछि नेपाली बजारमा ३२ हजार ९ सय ९० मा ए ७ र ओपो ए ३ एस (३जीबी) २४ हजार ५ सय ९० तथा  एथ्रीएस (२जीबी) १८ हजार ४ सय ९० मा उपलब्ध रहेका छन ।