कीवर्डहरू -

म्याकमा भिडियो कल गर्न अब आइफोन प्रयोग गर्न सकिने

म्याकमा भिडियो कल गर्न अब आइफोन प्रयोग गर्न सकिने

एप्पलले म्याकमा भिडियो च्याट गर्नका लागि आईफोन प्रयोग गर्न दिने भएको छ । प्रयोगकर्ताले म्याकको माथि आईफोन राखेर त्यस मोबाइल क्यामेरालाई फेसटाइम, टिम्स र अरु कन्फेरेन्सिगं एपमा भिडियो च्याट गर्नका लागि प्रयोग गर्न सकिन्छ ।

यो फिचर प्रयोग गर्नका लागि फोन स्ट्याण्ड चाहिने गर्दछ । यो फिचर ल्याएर एप्पलले आफ्नो ल्यापटप र डेस्कटपको वेबक्याम राम्रो छैन् भनेर स्वीकारेको छ ।

यो फिचरमा मोबाइललाई ल्यापटपको क्यामेराको रुपमा वायरलेस तरीकालेनै प्रयोग गर्न सकिनछ । यसमा सेन्टर स्टेजको पनि फिचर रहेको छ जसले गर्दा क्यामेराले तपाई कोठा भरि जता गएपनि पछयाउन सक्छ ।

तपाईको फोनको अल्ट्रावाईड क्यामेरा प्रयोग गरेर डेस्कको टपडाउन भ्यू पनि देखाउन सकिन्छ । यसले ब्याकग्राउण्ड ब्लर गर्न पनि दिने गर्दछ ।