कीवर्डहरू -

इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य नहुने, आफ्नो निर्णयबाट पछि हट्यो विभाग

इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य नहुने, आफ्नो निर्णयबाट पछि हट्यो विभाग

असार मसान्तसम्म अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णयबाट यातायात व्यवस्था विभाग पछाडि हटेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै विभागले साउन १ गतेदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्ट पारेको हो ।

विभागले शुक्रबार एक सूचना निकाल्दै बागमती र गण्डकीका सबै सवारीसाधनले असार मसान्तसम्ममा अनिवार्य इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने नभए साउन १ देखि कारबाही हुन चेतावनी दिएको थियो ।

तर सामाजिक सञ्जालदेखि संसदसम्म चौतर्फी विरोध भएपछि सो निर्णयबाट विभाग पछाडि हटेको छ ।

शुक्रबारको सूचना अनुसार साउनदेखि अनिवार्य गर्ने भनिएका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको/नभएको अनुगमन गरिने र अन्य सवारीको हकमा सम्बन्धि यातायात कार्यालयबाट तोकिएको समय अनुसार जडान गर।दै जाने विभागले जनाएको छ ।