कीवर्डहरू -

१० करोड बढीको कारोबार गर्ने कम्पनीले अब अनिवार्य ईबिलिङ जारी गर्नुपर्ने 

१० करोड बढीको कारोबार गर्ने कम्पनीले अब अनिवार्य ईबिलिङ जारी गर्नुपर्ने 

दश करोडभन्दा बढी कारोबार गर्ने कम्पनीले अब अनिवार्य विद्युतीय बिजक अर्थात ईबिलिङ जारी गर्नुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै साउन १ गतेदेखि १० करोड माथिको जुनसुकै वस्तु तथा सेवाको कारोबार गर्ने कतदाताले अनिवार्य ईबिलिङ जारी गर्नुपर्ने भएको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि आर्थिक ऐन २०७९ ले मूल्य अभिवृद्धि कर ऐन र आयकर ऐन परिमार्जन गरेसँगै साउनदेखि उक्त व्यवस्था लागू हुने भएको हो ।

यसँगै आर्थिक वर्ष २०७७/७८ वा २०७८/७९ को भ्याट तथा आय विवरणमध्ये कुनै एक आवको कारोबार रकम १० करोडभन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरुले विद्युतीय बिजक जारी गर्नुपर्नेछ ।

तर यो नियम बैंक तथा वित्तिय संस्थालाई लागु हुने छैन् । विद्युतीय माध्यमबाट बीजक जारी गर्ने व्यक्तिले विभागमा सूचीकरण गरिएका विद्युतीय उपकरण तथा सफ्टवेयर मात्र प्रयोग गर्नुपर्नेछ ।