कीवर्डहरू -

मिदासले रुकुममा समृद्धिका लागि गुणस्तरीय शिक्षा कार्यक्रम सञ्चालन गर्दै

मिदासले रुकुममा समृद्धिका लागि गुणस्तरीय शिक्षा कार्यक्रम सञ्चालन गर्दै


मिदास एजुकेशन प्रा. लि.ले रुकुम पश्चिम जिल्लाका स्थानीय सरकारसँगको सहकार्यमा सबै सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न समृद्धिका लागि गुणस्तरीय शिक्षा (विज्ञको सुझाव, स्थानीय स्रोत–साधनको उपयोग र प्रविधिको प्रयोग) कार्यक्रम संचालन गर्दै आइरहेको छ ।


मिदास एजुकेसन प्रा. लि. ले यस कार्यक्रम लागु गरी प्रमुख रूपमा सक्षम, उर्जाशील र सृजनशील नागरिक तयार गरेर समृद्ध समाज बनाउन अभिभावकलाई सचेत, विद्यालयलाई बालमैत्री, शिक्षकलाई सक्षम र जवाफदेही, विद्यार्थीलाई जिज्ञासु र अध्ययनशील, प्रधानाध्यापकलाई चुस्त अनुगमनकर्तालाई निष्पक्ष बनाउने प्रयास गरेको छ । यस कार्यमा स्थानीय सिप, क्षमता र ज्ञानले प्रयोग गर्न सक्ने गरी हामीसँग रहेका मोबाइल फोनमा आधारित प्रविधिको विकास गरी प्रयोग गरिएको कम्पनीले जनाएको छ ।


यसै क्रममा, यस कम्पनीले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, विकास गरेको प्रविधिको प्रयोगको शुभारम्भ फागुन ७ गते गरिएको थियो । संघिय सरकारका माननीय उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री श्री मातृका प्रसाद यादव, माननीय पूर्व गृहमन्त्री तथा वर्तमान प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा, कर्णालीप्रदेश भौतिक पूर्वाधार मन्त्री खडक बहादुर खत्री,  कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्मा, जिल्ला समन्वय प्रमुख राजकुमार शर्मा र चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माको उपस्थितिमा चौरजहारी नगरपालिकाको श्रीशितलमा. वि. मा एक समारोहका बिच सुरु गरिएको थियो ।


रुकुम पश्चिमका सामुदायिक विद्यालयहरूको गुणस्तर अभिवृद्धि गर्न, स्थानीय सरकारले विद्यालयहरूमा ल्यापटप, प्रोजेक्टर र ट्याब्लेट उपलब्ध गराइ मिदास एजुकेसन प्रा. लि. ले तयार पारेको निम्न प्रविधि प्रयोगमा ल्याइँदैछ ।


१. कक्षामा Audiovisual सामग्री प्रयोग गरी शिक्षण सिकाइलाई प्रभावकारी बनाउन : MiDaseCLASS


२. शिक्षक र विद्यार्थीका शिक्षण सिकाइका उपलब्धिहरूलाई व्यवस्थित गर्न र विद्यालयमा चुस्त शासन व्यवस्थापन लागु गर्न School Management Information System


३. शिक्षा र सरोकारवाला निकायबिच सूचना आदान–प्रदानगर्न, विद्यालयमा भएका गतिविधिहरू आवश्यकताअनुसार अभिभावकहरूलाई थाहा दिन र अन्तरक्रियालाई चुस्त र व्यवस्थि तबनाउन School Communication System


४. शिक्षकलाई नवीनतम् शिक्षण विधिबारेमाअद्ध्यावधिक गराइ राख्न र शिक्षकलाई आवश्यक शैक्षिक सामग्री डिजिटल माध्यममा उपलब्ध गराउन Teaching Resources Management Information System


५. सम्पूर्ण शैक्षिक प्रणालीलाई चुस्त र दुरुस्त राख्न विद्यालयको निरन्तर निरीक्षण र मूल्याङ्कन गर्न Monitoring and Evaluation System

यस प्रकारले रुकुम पश्चिम जिल्लामा रहेका सबै सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न,प्रविधिलाई विस्तार गरिने र आगामी शैक्षिक वर्ष देखि सबै विद्यालयहरूमा प्रविधिको प्रयोग गरिनेछ ।
यस कम्पनीले यहाँ भएका सिकाइ र तयार भएका प्रविधिहरूलाई निकट भविष्यमाअन्य जिल्लाका स्थानीय सरकारसँग पनिसह कार्य गरी कार्य गर्ने योजना राखेको छ ।