आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले जेठ २५ गते देखि नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ ।
'प्रिमियम तिरौं क्यासब्याक पाऔँ' नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम भुक्तानी गर्दा रु. १००० सम्मको क्यासब्याक पाउनेछन् ।
अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्ने कम्पनीले जनाएको छ ।