कीवर्डहरू -

अनुमतिपत्र लिएर मात्र इन्टरनेट सेवा दिन प्राधिकरणको अनुरोध, नत्र कारबाही हुने

अनुमतिपत्र लिएर मात्र इन्टरनेट सेवा दिन प्राधिकरणको अनुरोध, नत्र कारबाही हुने

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र लिएर मात्रै इन्टरनेट सेवा सञ्चालन गर्न अनुरोध गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै अनुमति नलिएर इन्टरनेट सेवा सञ्चालन गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।

दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम  कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेको छ ।

हाल सामाजिक संजालहरुमा स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवाको संचालन/वितरण सम्बन्धमा विज्ञापन हुने गरेको पनि भन्ने बुझिन आएकोले कोही कसैले अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन नगर्न प्राधिकरणले सूचना जारी गरेको हो ।

अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन गर्ने/गराउने जस्ता गैरकानूनी कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने प्राधिकरणले जनाएको छ ।

सेवाग्राहीहरुलाई भ्रममा नपर्न र नेपाल दूरसंचार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी गैरकानूनी रुपमा कसैले पनि इन्टरनेट सेवा संचालन गरेको भए जानकारी दिन प्राधिकरणले अनुरोध गरेको छ ।