कीवर्डहरू -

सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’ सेवा, अब एटिएमबाटै कार्डको पिन परिवर्तन गर्न सकिने

सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’ सेवा, अब एटिएमबाटै कार्डको पिन परिवर्तन गर्न सकिने

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो ।

ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् ।

उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको एटिएममा गएर पिन परिवर्तन गर्नुपर्ने छ । ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्न र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १२६ बाट कार्यालय तथा ११७ वटा एटिएम संचालनमा रहेका छन् ।