कीवर्डहरू -

हाम्रो पात्रोमै अब भिडियो कन्फेरेन्सिङ सुविधा, फेसबुक र युट्युबमा लाइभ स्ट्रिमिङ गर्न सकिने

हाम्रो पात्रोमै अब भिडियो कन्फेरेन्सिङ सुविधा, फेसबुक र युट्युबमा लाइभ स्ट्रिमिङ गर्न सकिने

अब हाम्रो पात्रोबाटै भिडियो कन्फेरेन्सिङ गर्न सकिने भएको छ । त्यसका लागि हाम्रो पात्रोले हाल भिडियो कन्फेरेन्सिङ प्लेटफर्म ‘हाम्रो चौतारी’ को परीक्षण गरिरहेको छ ।

अनलाइन मिटिङ, वेबिनार र कुराकानीका लागि ‘हाम्रो चौतारी’ नामक फिचर बेटाको रूपमा परीक्षण भइरहेको हाम्रो पात्रोकी प्रबन्ध निर्देशक सुदिना गौतमले बताइन् ।

अहिले वेबसाइट मा मात्र उपलब्ध रहेको हाम्रो चौतारी फिचर पछि हाम्रो पात्रो एपमा पनि इन्टिग्रेटेड हुनेछ । हाम्रो चौतारीबाट युट्युब र फेसबुकमा वेबिनार लाइभ स्ट्रिमिङ समेत गर्न सकिने छ । ‍लाइभ स्ट्रिमिङ अहिलेलाई निःशुल्क भएपछि भविष्यमा शुल्क तिर्नुपर्ने उनको भनाइ छ ।

मिटिङमा अहिले १०० जना सहभागी हुन सक्ने छन् । सहभागीको लिमिट बढाउन पनि कम्पनीले काम गरिरहेको छ । २-३ महिनामा हाम्रो चौतारी स्टेबल फिचरको रूपमा आउने उनले आइसिटी समाचारलाई जानकारी दिइन् ।

हाम्रो पात्रो सुपर एप बन्ने दिशामा अगाडि बढेको छ । हाम्रो पात्रोमा अहिले रेमिट्यान्स, गिफ्ट, रिचार्ज, हेल्थ, ज्योतिष, समाचार, रेडियो, म्यासेज, भिडियो, पोडकास्ट, नोट लगायतका सुविधा उपलब्ध छन् ।

हाम्रो पात्रोले गत वर्षनै प्ले स्टोरमा १ करोड डाउनलोड कोसेढुंगा पार गरेको थियो । पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो ।

हाम्रोपात्रो एप एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिने छ ।