कीवर्डहरू -

१५ इन्चको म्याकबुक एयर सार्वजनिक गर्दै एप्पल

१५ इन्चको म्याकबुक एयर सार्वजनिक गर्दै एप्पल

एप्पलले १५ इन्चको म्याकबुक एयर सार्वजनिक गर्ने भएको छ । सन् २०२३ मा कम्पनीले १५ इन्चको म्याकबुक एयर सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले सन् २०२३ वा सन् २०२४ को अन्त्यसम्ममा १२ इन्चको ल्यापटप पनि सार्वजनिक गर्ने बताएको छ ।  यो २०१५ म्याकबुककै अपडेट गरिएको भर्सन हो ।

कम्पनीले सन् २०२२ मा १४ र १६ इन्चको म्याकबुक प्रो पनि सार्वजनिक गर्ने जनाएको छ । यसमा एम २ प्रो र एम २ म्याक्स चिप प्रयोग गरिएको हुनेछ । यसमा १२ प्रोसेसिङ कोर र ३८ ग्राफिक कोर हुनेछ ।