अमेजनको एआर ट्राई अनले खुट्टामा जुत्ता कस्तो देखिन्छ भनेर हेर्न दिने भएको छ । जुत्ता अट्छ की अट्दैन् भनेर भने अमेजनको एआर ट्राई अनले देखाउँदैन् ।
यसले फुटवेयरलाई भिजुअलाईज गर्न दिन्छ । यसका लागि प्रडक्ट पेजमा रहेको बटनलाई थिच्नुपर्छ । यसका लागि अमेजनले अगमेन्टेड रियालिटी प्रयोग गर्ने गर्दछ ।
अमेजनको पहिले देखिनै कपालको रगं र मेकअप अगमेन्टेड रियालिटी द्वारा हेर्न दिईरहेको थियो तर अब जुत्ता पनि कस्तो देखिन्छ भनेर हेर्न मिल्ने भएको छ । यो फिचर अहिलेका लागि आईओएस प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको छ ।