कीवर्डहरू -

डिजिटल कारोबार प्रवर्द्धन गर्न एनआईसी एशिया बैंकले थाल्यो प्रदेश एकमा क्युआर कोड वितरण

डिजिटल कारोबार प्रवर्द्धन गर्न एनआईसी एशिया बैंकले थाल्यो प्रदेश एकमा क्युआर कोड वितरण

एनआइसी एशिया बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन गर्न प्रदेश १ स्थित सुनसरी जिल्लाको झुम्काबाट ठूलो संख्यामा क्यूआर कोड वितरण गर्न सुरू गरेको छ ।

बैंकले उक्त ठाउँका १५० वटा अटो रिक्सा एवं सिटी सफारीजस्ता सवारी साधनहरुमा सुरुवाती चरणमा वितरण गरेको हो ।

शुक्रबार एक कार्यक्रमका बीच बैंकका प्रदेश १ का प्रमुख विकास खरेलले यस क्षेत्रमा डिजिटल कारोबार बढाउन नगर क्षेत्र भित्र रहेका नेपाल इ–रिक्सा चालक संघ रामधुनी सुनसरी अन्तर्गतका १५० जना सदस्यहरुलाई उक्त क्यूआर भुक्तानी सेवा वितरण गरेका हुन् ।

यसरी क्यूआर कोड सेवा लिन बैंकको सर्वश्रेष्ठ सहज बचत खाता खोलेका ग्राहकलाई बैंकले शुन्य मौज्दातमै १ वर्षको निमित्त १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमासमेत उपलब्ध गराएको छ ।

क्यूआर वितरण कार्यक्रमा बोल्दै रामधुनी इ–रिक्सा चालक संघ रामधुनी सुनसरीकी अध्यक्ष सर्मिला पराजुलीले यसरी क्यूआर कोडबाट डिजिटल भुक्तानी लिई बैंकमा बचत गर्दा आम्दानीको उचित सदुपयोग हुने बताइन् ।

बैंकले थालेको क्यूआर कोड वितरण अभियानले झुम्का क्षेत्रमा रहेका यातायात प्रणालीहरुमा डिजिटल कारोबार गर्दा नगद कारोबारमा जस्तो खुद्रा नोटको जोहो गर्न समेत नपर्ने हुँदा यसबाट सवारी साधन प्रयोगकर्ता एवं सेवा प्रदायकलाई खुद्र रकमको जोहो गर्नुपर्ने झन्झबाट समेत मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।

बैंकले नेपाल सरकारको नगदरहित कारोबार बढाउने रणनीतिलाई पछ्याउदै देशका हरेक क्षेत्रमा बढीभन्दा बढी क्षेत्रहरुमा क्यूआर भुक्तानी सेवा वितरण गर्ने अभिलाशा लिइरहेकोमा प्रदेश १ का विरटनगर, इटहरी, धरान, दमक, विर्तामोड लगायतका क्षेत्रमा २५०० वटा भन्दा क्षेत्रमा बढी क्यूआर कोड वितरण गर्ने तयारी गरिरहेको छ ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङबाट सेवा प्रदान गर्दै आएको छ ।