कीवर्डहरू -

बैंक अफ काठमाण्डूका ग्राहकले क्युआर स्क्यान गरेर अन्नपूर्ण केबलकारको टिकट काट्दा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकले क्युआर स्क्यान गरेर अन्नपूर्ण केबलकारको टिकट काट्दा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डू र अन्नपूर्ण केबलकारबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड स्वाइप तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी टिकट खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ  ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

पर्यटकीय नगरी पोखरामा रहेको अन्नपूर्ण केबलकारले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्त्वपूर्ण योगदान गर्दै आइरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९२ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।