कीवर्डहरू -

मसुर डटएआईले जित्यो हल्ट प्राइज रिजनल्स-काठमाडौं समिट

मसुर डटएआईले जित्यो हल्ट प्राइज रिजनल्स-काठमाडौं समिट

नेपालका ३ इन्जिनियरिङ स्नातक विद्यार्थीहरूको टोली मसुर डटएआईले हल्ट प्राइज रिजनल्स-काठमाडौं समिट जितेको छ योसँगै जुलाई २५ देखि अगस्ट १२ सम्म अमेरिकाको बोस्टनमा व्यक्तिगत रूपमा हुने एक्सलेरेटर फेजका लागि मसुर डटएआई छनोट भएको छ ।

टोलीमा पुलचोक क्याम्पसका प्रमिश पौडेल, गरिमा आचार्य र एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका कोविद उपाध्याय रहेका छन् ।

विद्यार्थीहरूको लागि नोबेल पुरस्कार भनेर चिनिने हल्ट प्राइज प्रतिस्पर्धा एक विश्वव्यापी प्रतिस्पर्धा हो, जहाँ विश्वभरका विद्यार्थीहरूलाई सामाजिक उद्यमशीलता मार्फत विश्वको सबैभन्दा महत्त्वपूर्ण समस्याहरू समाधान गर्न चुनौती दिइन्छ ।

विजेता टोली (स्टार्टअप) ले उनीहरूको विचारलाई वास्तविकतामा ल्याउन १ मिलियन डलर कोष प्राप्त गर्नेछ । मेजरमी डट एआई टोलीको अवधारणा भारत, बंगलादेश, पाकिस्तान र नेपालका हजारौ अन्य अवधारणाहरूभन्दा माथि उठेको छ र उनीहरू प्रतियोगिताको लागि विश्वभर चयन गरिएका शीर्ष २० प्लस टोलीहरूमा आफ्नो स्थान सुरक्षित गर्न सक्षम भएका छन् ।

यसअघि उनीहरूले पुल्चोक क्याम्पसमा भएको हल्ट अन-क्याम्पस इभेन्टमा १५ आईओई सम्बद्ध क्याम्पसका अन्य ११० टोलीसँग प्रतिस्पर्धा गरी जितेका थिए ।

मेजरमी डट एआईले मोबाइल बडी स्क्यानिङ प्रविधिको माध्यमबाट मानिसहरूको जीवनमा सुधार ल्याउने र मानवमा हुने कुपोषण (नेपाल जस्ता अल्पविकसित राष्ट्रहरूमा कुपोषण र अमेरिका जस्ता विकसित राष्ट्रहरूमा मोटोपना) को समस्या समाधान गर्ने लक्ष्य राखेको छ। त्यसबाट शरीर स्क्यानिङ, निगरानी र निदान अझ सजिलो र पहुँचयोग्य हुने बताइएको छ ।

एक्सेलेटर चरणमा उनीहरू सक्रिय रूपमा ६ हप्ताको हाइब्रिड कार्यक्रममा संलग्न हुनेछन् । डिजिटल चरणमा २० जुनदेखि ८ जुलाई सम्म र व्यक्तिगत चरणमा बोस्टन, म्यासाचुसेट्समा जुलाई २५  देखि अगस्ट १२ सम्म हुनेछ । यस अवधिमा उनीहरूलाई विश्वभरका विज्ञहरूको विश्वव्यापी समुदायबाट सल्लाह प्रदान हुने र विश्वभरका समान विचारधाराका युवा उद्यमीहरूसँग सहकार्य गर्ने जस्ता अवसरहरू प्रदान हुनेछ ।