कीवर्डहरू -

डिशहोम फाइबरनेटको सेवा अब उदयपुरको गाइघाटमा

डिशहोम फाइबरनेटको सेवा अब उदयपुरको गाइघाटमा

डिशहोम फाइबरनेटले उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको छ । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले गाइघाटमा आफ्नो सेवा विस्तार गरेको हो ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, बिराटनगर, नेपालगञ्ज, धनगढीमा, सुर्खेत, ब्रह्मदेव,आमडाँगी,लामाचौर,पावर हाउस,हरिवन सहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेकोे छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल उदयपुरको गाइघाटमा सुरुवात भएको छ र छिटै नेपालका अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ ।

हाल उदयपुरको त्रियुगा नगरपालिकाको वडा न. ८, ९, १०, ११ र १२ मा पर्ने राजावास, खाट मन्दिर, गैरुण, रात्तमाटे, वोक्से, करमगाछी, शिवालय टोल, सँगम टोल, साकेला टोल, गाइघाट बजार, पुरानो-गाइघाट, सोनापुर र बसपार्क क्षेत्रहरुमा डिशहोमको फाइवरनेट उपलबध छ ।

अब आउँदै गरेका त्रियुगा नगरपालिकाको वडा न. ३, ४, ५, ६, ७ र ८ हुन । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरुका लागि डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरू, निःशुल्क डिशहोम गो एप र एक्सभिओडि जस्ता विभिन्न सुविधाहरू उपलब्ध छन् ।

फाइबरनेटका योजनाहरू १० एमबिपिएसदेखि ६०० एमबिपिएससम्म उपलब्ध छन् । डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुका लागि अहिले मात्र रु ६९९ प्रती महिना पर्ने ५० एमबीपीयस र रु. ८९९ प्रति महिना पर्ने १०० एमबीपीयस को ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।

यो गजबको प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनु हुनेछ ।

डिशहोम फाईवरनेट जडान गर्नको लागि संपर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलर दाई कहाँ संपर्क गर्न सक्नु हुनेछ ।

आफ्ना ग्राहकहरूमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना  डिटिएच प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो ।