नेपाल प्रहरीमा रोजगारीको अवसर खुलेको छ । प्रहरी प्रधान कार्यालयको मानव संशाधन शाखाले प्राविधिक समूहमा १ हजार ५५६ जना कर्मचारीको माग गरेको छ ।
सोमबार गोरखापत्रमा एक सूचना प्रकाशन गरी प्रहरी प्रधान कार्यालयले विभिन्न पदमा उल्लिखित संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।
यही फागुन १६ गतेदेखि चैत २२ गतेसम्म इच्छुक उम्मेदवारले आवेदन दिन सक्नेछन् । एमएस सर्जरीदेखि फिङ्गर प्रिन्टरसम्म र कुकुर हेरालुसम्मका विवध पदमा प्रहरीले आवेदन माग गरेको छ ।
प्राविधिकतर्फका जवान मात्रै १ हजार चार सय २२ जना माग गरिएको छ । समावेशी कोटामा आवेदन दिन पाइनेछ । आबेदन दिनु अघि थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस ।