कीवर्डहरू -

नागरिक एपमा अब ड्राइभिङ लाइसेन्स लिंक गर्न सकिने, नयाँ आवेदन र नवीकरणको सुविधा पनि आउँदै

नागरिक एपमा अब ड्राइभिङ लाइसेन्स लिंक गर्न सकिने, नयाँ आवेदन र नवीकरणको सुविधा पनि आउँदै

नागरिक एपमा नयाँ सुविधा थप भएका छन् । अब नागरिक एपमा ड्राइभिङ लाइसेन्स लिंक गर्न र एपबाटै स्वास्थ्य बीमाको नवीकरण गर्न सकिने भएको छ ।

नागरिक एपका एन्ड्रोइड प्रयोगकर्ताले नयाँ अपडेटमार्फत यो सुविधा प्रयोग गर्न सक्नेछन् आईओएसका लागि केही दिनमा नयाँ अपडेट आउनेछ ।

हाल ड्राइभिङ लाइन्सेन्स लिंक गर्ने सुविधा उपलब्ध भएको र चाँडै लाइसेन्सको नयाँ आवेदन र नवीकरण पनि एपबाटै गर्न सकिने सेवा ल्याउन लागेको नागरिक एपले जनाएको छ ।

यसका साथै नागरिक एपबाटै स्वास्थ्य बीमाको नवीकरण र भुक्तानी शुल्क पनि तिर्न सकिने व्यवस्ता गरिएको छ ।