कीवर्डहरू -

प्रतिस्पर्धा गर्न नसक्दा २७ वर्षपछि अन्ततः बन्द भयो ‘इन्टरनेट एक्सप्लोरर’

प्रतिस्पर्धा गर्न नसक्दा २७ वर्षपछि अन्ततः बन्द भयो ‘इन्टरनेट एक्सप्लोरर’

बुधबारदेखि इन्टरनेट एक्सप्लोरर बन्द भएको छ । प्रतिस्पर्धा गर्न नसक्दा सार्वजनिक भएको २७ वर्षपछि इन्टरनेट एक्सप्लोरर बन्द भएको हो ।

माइक्रोसफ्टले एक वर्षअघि नै सन् २०२२ जुन १५ बाट सपोर्ट बन्द गर्ने घोषणा गरेको थियो । जुन १५ देखि इन्टरनेट एक्सप्लोरर प्रयोग गर्न सकिने छैन् भने चरणबद्ध रूपमा विन्डोजबाट हटाइने छ ।

इन्टरनेट एक्सप्लोरर सन् १९९५ मा विन्डोज ९५ का लागि एड अन प्याकेजको रूपमा सार्वजनिक भएको थियो । त्यसपछि भने माइक्रोसफ्टले निःशुल्क उक्त एप उपलब्ध गराउन थालेको थियो ।

झण्डै ३ दशक पूरानो ब्राउजर इन्टरनेट एक्सप्लोररको कुनै बेला बजारमा आफ्नो वर्चस्व थियो । सन् २००३ मा यसले वेब ब्राउजरको ९५ प्रतिशत हिस्सा ओगटेको थियो ।

यद्यपी माइक्रोसफ्टले उक्त स्थान लामोसमयसम्म कायम राख्न सकेन र त्यसको ठाउँ अन्य वेब ब्राउजरले लिन थाले । अन्य ब्राउजरले राम्रो सेवा, पर्फर्मेन्स दिन थालेपछि एक्सप्लोररका प्रयोग गर्दा क्रमशः घट्दै गएका थिए । र अन्ततः करिब ३ दशक इतिहास बोकेको एक ब्राउजरको दुखद अन्त्य भएको छ ।

अब कम्प्युटरबाट इन्टरनेट एक्सप्लोरर डिसेबल हुनेछ । एक्सप्लोररको ठाउँ अब क्रोमियममा आधारित माइक्रोसफ्ट एजले लिनेछ । इन्टरनेट एक्सप्लोरर प्रयोग गर्न खोल्दा एजमा रिडाइरेक्ट हुनेछ ।

सन् २०१६ देखि नै इन्टरनेट एक्सप्लोररमा कुनै मुख्य अपडेट आएको छैन् । माइक्रोसफ्टले सन् २०१३ मा अन्तिम संस्करण इन्टरनेट एक्सप्लोरर ११ सार्वजनिक गरेको थियो ।