कीवर्डहरू -

अब वेबसाइटबाट फोटोशप निःशुल्क प्रयोग गर्न सकिने

अब वेबसाइटबाट फोटोशप निःशुल्क प्रयोग गर्न सकिने

एडोबले ब्राउजरमा फोटोशपको निःशुल्क भर्सन सार्वजनिक गर्ने भएको छ । त्यसपछि वेबसाइटबाट फोटोशप निःशुल्क चलाउन सकिने छ ।

द भर्जको अनुसार अहिलेको लागि यो फिचर क्यानेडाका लागि उपलब्ध रहेको र केही समयपछि धेरै प्रयोगकर्ताहरुका लागि निःशुल्क रूपमा उपलब्ध हुनेछ ।

फोटोशपलाई लामो समयदेखि इमेज एडिट गर्न प्रयोग गरिँदै आएको छ तर धेरै फिचर प्रयोग गर्नका लागि भुक्तानी गर्नुपर्ने हुन्छ ।

अब भने फोटोशपले फ्रि भर्सन पनि सार्वजनिक गरेर धेरै प्रयोगकर्ताहरुका लागि फोटो एडिट सर्वसुलभ बनाउन लागेको छ । निःशुल्क सुविधामा आधारभूत टुल्सहरू मात्रै प्रयोग गर्न पाइने छ ।